काठमाडौँ । जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी देवका लामिछाने विजयी भएकी छन् । उनी ४ हजार २७२ मत ल्याएर विजयी भएकी हुन् ।
उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी इन्द्रा चन्दले ३ हजार १४७ मत ल्याइन् भने एमालेकी सुनिता बोहराले २ हजार ५४२ मत ल्याइन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीकी पार्वती पुनले १७० मत प्राप्त गरिन् । यहाँ रास्वपाले जमानत समेत जोगाउन सकेन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालकी सुनिता पुन रावलले ५८ मत र नेपाल समाजवादी पार्टीकी पवित्रा जैसीले १७ मत पाएकी छन् ।
२०७९ सालको निर्वाचनमा नेपाली कांग्रेसबाट उपप्रमुखमा निर्वाचित भएकी सरिता सिंहको २०८० साल कात्तिक १७ गते गएको भूकम्पमा मृत्यु भएपछि यो उपनिर्वाचन भएको हो ।