उदयपुर । उदयपुरको बेलका नगरपालिका वडा नम्बर ९ मा गणना गरेकोमध्ये ४४ प्रतिशत मत बदर भएपछि मतगणना नै रोकिएको छ । ५०० मतगणना गर्दा २२० मत बदर भएपछि मतगणना नै रोकिएको हो ।
अत्यधिक मत बदर भएपछि रोकिएको मतगणना कार्यलाई सुरु गर्न सर्वदलीय बैठक बस्ने तयारी भइरहेको छ ।
३ हजार १६७ मतदाता रहेको यस वडामा १ हजार ८८५ मत खसेको थियो । गणना भएअनुसार नेकपा एमालेका मोहन खड्काले ८५, माओवादी केन्द्रका भरत घिमिरेले ८० र कांग्रेसका नवराज बस्नेतले ६२ मत पाएका छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१ १०:२५
प्रतिक्रिया दिनुहोस्