Odapalika - The Fourth Estate - चौथो अंग
उपनिर्वाचन : ३७ स्थानको परिणाम सार्वजनिक हुँदा कांग्रेसको वर्चश्व, यी हुन् निर्वाचित उम्मेदवार 

काठमाडौं । स्थानीय तह उपनिर्वाचनको मतगणना जारी छ । आइतबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म ३२ जिल्लाका ३८ स्थानीय तहमा रिक्त ४१ पदका लागि उपनिर्वाचन भएको थियो । उपनिर्वाचनमा ६२ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

उपनिर्वाचनको आइतबार साँझबाटै मतगणना सुरु गरिएको थियो । मतगणनाको नजिता सार्वजनिक हुने क्रम चलिरहेको छ । जसअनुसार यी हुन् हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएको स्थानीय तह र निर्वाचित उम्मेदवार 

 कांग्रेसले जितेका स्थान र उम्मेदवारहरू

तेह्रथुमको लालीगुराँस नगरपालिका–८, नगेन्द्र लिम्बू

सुनसरीको गढी गाउँपालिका–६, तेतर साहु

रौतहटको ईशनाथ नगरपालिका–७, शेख अब्दुल खलिक

रौतहटको राजपुर नगरपालिका—६, समशे आलम 

काठमाडौंको कीर्तिपुर नगरपालिका–१, इच्छाकुमार महर्जन

कीर्तिपुर नगरपालिका–४, राजेन्द्र बानियाँ 

हेटौंडा उपमहानथर–१२, अर्जुनप्रसाद तिवारी  

गुल्मीको मुसिकोट–१, आनन्द श्रेष्ठ

रोल्पाको रुन्टीगढी गाउँपालिका–४, भूपमणि पुन

बर्दियाको ठाकुरबाबा नगरपालिका–४, अमिन थारू

जाजरकोटको कुशे गाउँपालिका–७, खम्बबहादुर सिंह 

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५, मोतीराम खत्री

बझाङको सूर्मा गाउँपालिका—४, धिरेन्द्र पुजारा 

डोटीको पुर्वीचौकी गाउँपालिका–६, मोहन थापा 

दार्चुलाको दुहु गाउँपालिका–५, धनसिंह कुँवर

कञ्चनपुरको भीमदत्त नगरपालिका–६, प्रकाश चन्द

एमालेले जितेका स्थानहरू

ताप्लेजुङको सिरिजंघा–३, कुमारी सावादेन 

ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्ष, गंगाबहादुर तामाङ 

महोत्तरीको रामगोपालपुर नगरपालिका–२, सकिवुल खाँ 

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, मोहमत ताहिर मुसलमान 

दैलेखको दुल्लु नगरपालिका–१३, लालबहादुर शाही

दैलेखकै महाबु गाउँपालिका अध्यक्ष, जंगबहादुर शाही 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, सुलोचना भण्डारी 

माओवादी केन्द्रले जितेका स्थानहरू

उदयपुरको त्रियुगा नगरपालिका–१२, नवीनकुमार बान्तवा राई 

धनुषाको धनुषाधाम नगरपालिका–१, सुनील कापर केवट 

नुवाकोटको ककनी गाउँपालिका–२, कृष्ण घिमिरे 

गोरखा नगरपालिका–५, विष्णुबहादुर मगर 

रोल्पाको पुथा उत्तरगंगा–२, जगत घर्ती 

मोरङको ग्रामथानको अध्यक्ष, नमोनारायण माझी 

जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, देवका लामिछाने 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, नरबहादुर झाँक्री 

जसपा नेपालले जितेका स्थानहरू

सप्तरीको  डाक्नेश्वरी–१,  धिरेन्द्रकुमार शाह 

डाक्नेश्वरी–४देवेन्द्रप्रसाद यादव 

रारास्वपाले जितेका स्थानहरू

काठमाडौं महानगरपालिका—१६,  रोजिना श्रेष्ठ 

एकीकृत समाजवादीले जितेका स्थानहरू

रौतहटको गढीमाई नगरपालिका—८, बजरंगीप्रसाद यादव 

नेमकिपाले जितेका स्थानहरु

कालीकोटको तिलागुफा नगरपालिका—४,  खड्गराज शाही 

स्वतन्त्र उम्मेदवारले जितेको स्थानहरू

झापाको कन्काई नगरपालिका—६, लक्ष्मीप्रसाद ओली 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update