Odapalika - The Fourth Estate - चौथो अंग
कांग्रेसले प्रमुख पद गुमाउँदा फाइदा लिए एमाले र माओवादी केन्द्रले, अन्य दलकाे अवस्था कस्ताे ?

काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनको परिणाम सार्वजनिक भइरहँदा नेपाली कांग्रेसले प्रमुख पद गुमाएको छ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा अग्रता कायम लिइरहेको कांग्रेसले यसअघि आफूले जितेको चार स्थानको प्रमुख पद गुमाएको छ । 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा जितेको दुई पालिका अध्यक्ष, एक उपाध्यक्ष र एक उपमेयर अहिले गुमाएको छ । प्रमुख पद गुमाएको कांग्रेसले वडाध्यक्षमा भने फाइला लिएको छ । 

कांग्रेसले गुमाएको प्रमुख पद एमाले र माओवादीले पाएका छन् । २०७९ सालमा मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष, दैलेखको महाबु गाउँपालिका अध्यक्ष, नलगाड नगरपालिकाको उपमेयर र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष पद जितेको कांग्रेसले अहिले ती पद गुमाएको छ । उक्त पद एमाले र माओवादीले लिन सफल भएका छन् । 

ग्रामथानको अध्यक्षमा माओवादी केन्द्रका मनोनारायण माझी र नलगाडको उपमेयरमा माओवादी केन्द्रकी देवका लामिछाने निर्वाचित हुँदा महाबुको अध्यक्षमा एमालेका जंगबहादुर शाही र स्वामीकार्तिक खापरको उपाध्यक्षमा एमालेकी सुलोचना भण्डारी निर्वाचित भएकी हुन् । 

यही हुन् कांग्रेस, एमाले र माओवादीले जितेका स्थान र पद

कांग्रेसले जितेका स्थान र उम्मेदवारहरू

तेह्रथुमको लालीगुराँस नगरपालिका–८, नगेन्द्र लिम्बू

सुनसरीको गढी गाउँपालिका–६, तेतर साहु

रौतहटको ईशनाथ नगरपालिका–७, शेख अब्दुल खलिक

रौतहटको राजपुर नगरपालिका—६, समशे आलम 

काठमाडौंको कीर्तिपुर नगरपालिका–१, इच्छाकुमार महर्जन

कीर्तिपुर नगरपालिका–४, राजेन्द्र बानियाँ 

हेटौंडा उपमहानथर–१२, अर्जुनप्रसाद तिवारी  

गुल्मीको मुसिकोट–१, आनन्द श्रेष्ठ

रोल्पाको रुन्टीगढी गाउँपालिका–४, भूपमणि पुन

बर्दियाको ठाकुरबाबा नगरपालिका–४, अमिन थारू

जाजरकोटको कुशे गाउँपालिका–७, खम्बबहादुर सिंह 

रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–५, मोतीराम खत्री

बझाङको सूर्मा गाउँपालिका—४, धिरेन्द्र पुजारा 

डोटीको पुर्वीचौकी गाउँपालिका–६, मोहन थापा 

दार्चुलाको दुहु गाउँपालिका–५, धनसिंह कुँवर

कञ्चनपुरको भीमदत्त नगरपालिका–६, प्रकाश चन्द

एमालेले जितेका स्थानहरू

ताप्लेजुङको सिरिजंघा–३, कुमारी सावादेन 

ओखलढुंगाको मोलुङ गाउँपालिका अध्यक्ष, गंगाबहादुर तामाङ 

महोत्तरीको रामगोपालपुर नगरपालिका–२, सकिवुल खाँ 

कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, मोहमत ताहिर मुसलमान 

दैलेखको दुल्लु नगरपालिका–१३, लालबहादुर शाही

दैलेखकै महाबु गाउँपालिका अध्यक्ष, जंगबहादुर शाही 

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष, सुलोचना भण्डारी 

माओवादी केन्द्रले जितेका स्थानहरू

उदयपुरको त्रियुगा नगरपालिका–१२, नवीनकुमार बान्तवा राई 

धनुषाको धनुषाधाम नगरपालिका–१, सुनील कापर केवट 

नुवाकोटको ककनी गाउँपालिका–२, कृष्ण घिमिरे 

गोरखा नगरपालिका–५, विष्णुबहादुर मगर 

रोल्पाको पुथा उत्तरगंगा–२, जगत घर्ती 

मोरङको ग्रामथानको अध्यक्ष, नमोनारायण माझी 

जाजरकोटको नलगाड नगरपालिकाको उपमेयर, देवका लामिछाने 

डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–५, नरबहादुर झाँक्री 

जसपा नेपालले जितेका स्थानहरू

सप्तरीको  डाक्नेश्वरी–१,  धिरेन्द्रकुमार शाह 

डाक्नेश्वरी–४देवेन्द्रप्रसाद यादव 

रारास्वपाले जितेका स्थानहरू

काठमाडौं महानगरपालिका—१६,  रोजिना श्रेष्ठ 

एकीकृत समाजवादीले जितेका स्थानहरू

रौतहटको गढीमाई नगरपालिका—८, बजरंगीप्रसाद यादव 

नेमकिपाले जितेका स्थानहरु

कालीकोटको तिलागुफा नगरपालिका—४,  खड्गराज शाही 

स्वतन्त्र उम्मेदवारले जितेको स्थानहरू

झापाको कन्काई नगरपालिका—६, लक्ष्मीप्रसाद ओली 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १३:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update