Odapalika - The Fourth Estate - चौथो अंग
लम्पी स्किनबाट ५२ हजार पशु मरे, अझै १५ लाखमा संक्रमण 

काठमाडौँ । कृषि तथा पशुपक्षी विकास मन्त्री डा. बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म देशभर १५ लाख १९ हजार ७७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै मन्त्री भुसालले सरकारले उपचारमा सक्दो प्रयास गरिरहेको समेत दाबी गरे ।

हालसम्म उपचार पछि १३ लाख ८३ हजार ५९५ पशु निको भएको र अहिले बिरामी अवस्थामा ७३ हजार ६३६ पशु रहेको मन्त्री भुसालले जानकारी दिए ।

रोगको सङ्क्रमणबाट हालसम्म ५२ हजार ५४८ पशुको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।  मन्त्री भुसालले कृषि क्षेत्रको विकासका लागि यानिन्त्रकिकरण गर्ने सरकारको नीति भएको बताए ।

यो नीति प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत ७७ वटै जिल्लामा सञ्चाललित भएको उनको भनाइ छ ।  ‘माटो परीक्षण, रोग, कीरा परीक्षण, रोग निदानका साथै किसान, कृषि फार्म, कृषक समूह, सहकारीलाई प्राविधिक तालिम दिइएको छ,’ उनले भने ।  

प्रकाशित मिति: बिहीबार, भदौ २१, २०८०  १६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update