Odapalika - The Fourth Estate - चौथो अंग
कीर्तिपुरमा मतान्तर बढाउँदै कांग्रेसको अग्रता कायमै,  कसको कति मत ?

काठमाडौँ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयर पदमा भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारले मतान्तर बढाउँदै आफ्नो अग्रता कायम राखेको छ । 

पाँचवटा वडाको मतगणना सकिँदा कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले मतान्तर बढाउँदै आफ्नो अग्रता कायम राखेका हुन् ।  सुरुआतदेखि नै अग्रता लिएका उनले ५७२ को मतान्तरमा अघि छन् । 

डंगोलले २९३० मत ल्याएर अग्रता लिइरहँदा एमालेका उम्मेदवार सुरेन्द्र मानन्धरले २३५८ मतसहित पछ्याइरहेका छन् । 

नेकपा माओवादी केन्द्रका शिवशरण महर्जनले २१०१ मतसहित कांग्रेस र एमालेका उम्मेदवारलाई पछ्याइरहेका छन् । 

चौथो स्थानमा स्वतन्त्र उम्मेदवार राजमान महर्जनले १११३ मत पाएका छन्। यसैगरी, स्वतन्त्र उम्मेदवारहरू दिनेशकुमार अधिकारीले ९१७ र कविकुमार महर्जनले ७०८ मत ल्याएका छन् 

कीर्तिपुरमा वडा नम्बर १, २, ३, ४ र ५ को ११ हजार ३४९ मतगणना भएको हो भने अब पाँचवटा वडाको मतगणना गर्न बाँकी छ । 
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १६:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update