Odapalika - The Fourth Estate - चौथो अंग
उपनिर्वाचन : यही हुन् रास्वापाको जमानत जफत भएका २० स्थान र उम्मेदवार 

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले २० स्थानमा जमानत गुमाएको छ । आइतबार सम्पन्न स्थानीय तह उपनिर्वाचनको मतपरिणाम आइरहँदा रास्वपाले २० स्थानमा जमानत गुमाएको हो । 

काठमाडौँको काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को वडाध्यक्ष पदमा जितेर रास्वपाले ‘क्लिनसिप’ हुनबाट जोगिए पनि २० स्थानको भने जमानत रक्षा गर्न सकेन । सदर मतको १० प्रतिशत मत ल्याउन नसक्ने उम्मेदवारको जमानत सफत हुने संवैधानिक व्यवस्था रहेको छ । 

यही हुन् जमानत गुमाउने रास्वपाका उम्मेदवार र स्थान

– ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–३,  देवी पौडेल

–तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सञ्जीव खड्का 

–मोरङको ग्रामथान गाउँपालिका, नवीन विश्वास खवास 

– सुनसरीको गढी गाउँपालिका, शशिकुमार साहु 

– उदयपुरको त्रियुगा नगरपालिका–१२, ध्रुवप्रसाद पोखरेल 

– महोत्तरीको रामगोपालपुर नगरपालिका–२,  खुरसैद खाँ 

– रौतहटको ईशनाथ नगरपालिका–७ मा शेख असराज 

– नुवाकोटको ककनी गाउँपालिका–२, मंगलसिद्धि लामा तामाङ 

– मकवानपुरो हेटौंडा उपमहानगरपालिका–१२, आशावीर बल  

– गोरखाको गोरखा नगरपालिका–५, मंगलबहादुर थापा 

– गुल्मीको मुसिकोट गाउँपालिका, विकास थापा 

– कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१, अवधेशकुमार चौधरी

– रोल्पाको रुन्टीगढी गाउँपालिका–४, हिमबहादुर पुन 

– बर्दियाको ठाकुरबाबा नगरपालिका–४, बासुदेव शर्मा 

– कालीकोटको तिलागुफा, गगन बम 

– दैलेखको दुल्लु नगरपालिका–१३,  रामबहादुर शाही 

– दैलेखको महाबु गाउँपालिका, प्रकाश बुढा

– बाजुराको नलगाढ नगरपालिका, पार्वती पुन 

– डोटीको पूर्वचौकी गाउँपालिका–६ जानकीकुमारी खड्का

– कञ्चनपुरको भीमदत्त नगरपालिका–६,  रामदत्त भट्ट 
 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १६:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update