काठमाडौँ । स्थानीय तहको उपनिर्वाचनमा सात राजनीतिक दलले आफ्नो अस्तित्व रक्षा गर्दा १३ दल गुमनाम भएका छन् । आइतबार भएको स्थानीय तहको उपनिर्वाचनका लागि २५ राजनीतिक दलले दल दर्ता गरेका थिए । तर, मनोनयन दर्ता भने २० दलले मात्र गरे ।
२० राजनीतिक दलमध्ये ७ दलका उम्मेदवार निर्वाचित हुँदा १३ राजनीतिक दलका कुनै पनि उम्मेदवार विजयी भएनन् ।
नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, जनता समाजवादी पार्टी, नेपाल, नेपाल समाजवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय प्रजातन्त्र पार्टी, आम जनता पार्टी, जनता समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टी, समावेशी समाजवादी पार्टी नेपाल, हाम्रो नेपाली पार्टी, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली कांग्रेस (बी.पी.), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दलले दल दर्ता गरेका थिए ।
तर, यी मध्ये पाँच हाम्रो नेपाल पार्टी, नेकपा माले, नेपाली कांग्रेस (बीपी), नेपाली जनता दल र आम जनता पार्टी मनोनयन दर्ता गरेनन् । उनी चुनावमा भाग लिएनन् । बाँकी २० दलले स्थानीय तह उपनिर्वाचनमा सहभागी जनाए ।
जसमध्ये कांग्रेस, एमाले, माओवादी केन्द्र, रास्वपा, जसपा नेपाल, एकीकृत समाजवादी र नेमकिपाका उम्मेदवार विजयी हुँदा १३ दलका उम्मेदवारले जित हासिल गर्न सकेनन् । १३ दल नीलको अवस्थामा परे ।