Odapalika - The Fourth Estate - चौथो अंग
कीर्तिपुर नगरपालिकाः जित कांग्रेसको, दोस्रो माओवादी कि एमाले ?

काठमाडौँ । काठमाडौँ जिल्लाको कीर्तिपुर नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेस विजयी हुने करिब पक्का भएको छ ।

मतगणनास्थलबाट प्राप्त जानकारी अनुसार वडा नम्बर १ देखि १० सम्मको मतगणना हुँदा कांग्रेसका कृष्णमान डंगोलले ५ हजार ६९ मत पाएका छन् ।  अहिले १० नम्बरको मतगणना जारी छ।

दोस्रो स्थानमा रहदै आएका एमाले उम्मेदवार सुरेन्द्र मानन्धर तेस्रो स्थानमा झरेका छन्। उनलाई माओवादी केन्द्रका उम्मेदवार शिवशरण महर्जनले उछिनेका हुन् ।

महर्जनले ४ हजार ११९ मत पाएका छन् भने एमाले उम्मेदवार मानन्धरले ३ हजार ९९७ मत प्राप्त गरेका छन् । एमाले उम्मेदवार मानन्धरलाई माओवादी उम्मेदवरा महर्जन १२२ मतले पछि पारेका छन् ।

यस्तै, धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको पनि समर्थन पाएका स्वतन्त्र उम्मेदवार राजमान महर्जन चौथो स्थानमा छन्। उनले १ हजार ८७६ मत पाएका छन्। स्वतन्त्र उम्मेदवारहरू कविकुमार महर्जनले १ हजार २८९ र दिनेशकुमार अधिकारीले १ हजार ४३ मत पाएका हुन्।

यसअघि मेयर पदमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी बनेका थिए। उनले ९हजार ४३ मत प्राप्त गरेका थिए।

वडा नम्बर १ को अध्यक्ष पदमा पनि कांग्रेसका हिरालाल महर्जनले ७७८ मत प्राप्त गरी विजयी बनेका थिए।

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  २१:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update