Odapalika - The Fourth Estate - चौथो अंग
प्रधानमन्त्री ओलीको चीन भ्रमण, यी हुन् सहमति र समझादरी भएका ९ बुँदा 

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ९ वटा सहमति र समझदारी भएको छ । मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीच भएको दुईपक्षीय भेटवार्तालगत्तै ९ वटा विषयमा सहमति भएको हो ।

प्रधानमन्त्री ओली र उनका समकक्षी छ्याङको उपस्थितिमा नेपाल र चिनयाँ अधिकारीले सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। 

यी हुन् सहमति र समझदारी भएका ९ बुँदा

१. टोखा–छहरे सुरुङ मार्गसम्बन्धी पत्र आदानप्रदान

२. नेपाल चीनबीच व्यापार अभिवृद्धिसम्बन्धी समझदारी पत्र

३. नौ तले बसन्तपुर दरबार पुनर्निमार्ण सम्पन्न प्रमाणपत्रको आदानप्रदान

४. नेपालबाट भैंसीको मासु निर्यातसम्बन्धी प्रटोकल

५. विकास योजनासम्बन्धी समझदारी पत्र

६. नगद सहयोगसम्बन्धी पत्र आदानप्रदान

७. आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी समझदारी

८ . स्वयंसेवी चिनियाँ भाषा शिक्षकसम्बन्धी प्रवर्द्धनसम्बन्धी समझदारी पत्र

९.  नेपाल टेलिभिजन र चिनियाँ मिडिया ग्रुपबीच संचार प्रविधिसम्बन्धी समझदारी पत्र
 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update