Odapalika - The Fourth Estate - चौथो अंग
४० जना कर्मचारीलाई निजामती सेवा पुरस्कार

काठमाडौँ ।  सरकारले ४० जना निजामती कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको छ । शुक्रबार निजामती सेवा दिवसको अवसरमा सरकारले ४० जना कर्मचारीलाई उत्कृष्ट घोषणा गरेको हो ।

उत्कृष्ट निजामति सेवा पुरस्कार पाउनेहरुमा धनकुटाका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहरदरबारका सहसचिव बुद्ध बहादुर गुरूङ, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारका उपसचिव कविन्द्र नेपाल, लगायत १० जना छन् । 

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जनालाई निजामती सेवा पुरस्कार दिइने निर्णय गरेको थियो । 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  १०:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update