Odapalika - The Fourth Estate - चौथो अंग
काठमाडौँ महानगरले गर्‍यो सौतनी बुबाबाट असुरक्षित ३ बालबालिकाको उद्धार

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सौतनी बुबाबाट असुरक्षित भएका तीन बालबालिकाको उद्धार गरेको छ । घरमा सौतनी बुबाबाट बालबालिका असुरक्षित रहेको सूचना पाएपछि महानगरले उनीहरुको उद्धार गरेको हो । 

कक्षा ६ मा अध्ययनरत ११ वर्षीया बालिका र उनका ७ र ९ वर्षका भाइहरूको महानगरको बाल उद्धार कार्यदल, बालबालिका खोजतलास सेवा र बाल हेल्पलाइनसहितको संयुक्त टोलीले उद्धार गरेको हो । 

उद्धार गरिएका बालबालिकालाई अस्थायी संरक्षणमा राखिएको महानगरले जनाएको छ ।

साथै, बालबालिकामाथि हिंसा गरेको आरोपमा उनीहरुका सौतनी बुबालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । पक्राउ परेका सौतनी बुबालाई प्रहरी वृत्त वौद्धले पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरेको छ ।

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  ११:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update