Odapalika - The Fourth Estate - चौथो अंग
वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि नवीकरण गर्‍यो लाइसेन्स

काठमाडौँ । निजी क्षेत्रको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्सले २५ वर्षको लागि लाइसेन्स नवीरकण गरेको छ ।

कम्पनीले नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायकको लाइसेन्स नविकरण गरेको हो । दूरसंचार क्षेत्रको नियामक निकाय नेपाल दूरसंचार प्राधिकरणले विभिन्न कारण देखाएर कम्पनीको लाइसेन्स नवीकरणमा विलम्ब गरेको थियो । कम्पनीले सरकारले भनेअनुसारको कर दाखिला गरेर लाइसेन्स नवीकरण गरेको हो

२९ वर्षदेखि सेवा दिँदै आएको वर्ल्डलिंकले २५ वर्षका लार्गि दुवै नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक लाइसन्सहरु नवीकरण गरेको प्रमुख कार्यकारी अधिकृत केशव नेपालले जानकारी दिए । 

केही वर्षदेखि मर्मत सम्भार शुल्कसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको निर्णय आएसँगै संस्थाले आफ्नो कानुनी दायित्व पूरा गरेको उनले बताए । 


 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १३:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update