Odapalika - The Fourth Estate - चौथो अंग
नेपाल र चीनबीच बीआरआईमा सम्झौता हस्ताक्षर

काठमाडौँ । नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

बुधबार बिहान चीन र नेपालका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

यअसघ मंगलबार प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री ली छ्याङबीचको द्विपक्षीय वार्तापछि ९ बुँदे सहमति र समझदारी–पत्रमा हस्ताक्षर भएको थियो । 

यसको भोलिपल्ट बुधबार बिहान फ्रेमवर्कमा सम्झौता भएको हो । फ्रेमवर्कमा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र चीनतर्फ नेशनल डेभलपमेन्ट रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका थिए ।

‘ग्रान्ट फाइनान्सिङ’ लेखिएको मस्यौदालाई सच्याएर ‘एड फाइनान्सिङ’ उल्लेख गरेसँगै फ्रेमवर्कमा हस्ताक्षर भएको हो । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update