Odapalika - The Fourth Estate - चौथो अंग
बीआरआई सम्झौता : ओलीको क्षेत्रमा रंगशाला, देउवाको क्षेत्रमा सिटी हल 

काठमाडौँ । नेपाल र चीनबीच ‘फ्रेमवर्क फर बीआरआई’ कोअपरेसनमा सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा सो सम्झौतापत्रमा हस्ताक्षर भएको हो । 

बुधबार बिहान चीन र नेपालका परराष्ट्र सचिवहरूले फ्रेमवर्कमा सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । फ्रेमवर्कमा नेपालका तर्फबाट परराष्ट्र सचिव अमृतबहादुर राई र चीनतर्फ नेशनल डेभलपमेन्ट रिफर्म कमिशनका उपाध्यक्ष लिउ सुशेले हस्ताक्षर गरेका हुन् । 

बीआरआई सहकार्यअन्तर्गत १० वटा परियोजना अघि सारिएको छ । ती हुन् :

१. टोखा–छहरे सुरुङमार्ग

२. हिल्सा–सिमकोट सडक परियोजना,

३. किमाथांका–खाँदबारी सडक र पुल, 

४. जिलोङ–केरुङ–काठमाडौं सीमापार रेलमार्ग  

५. डडेलधुरास्थित अमरगढी सिटी हल

६. जिलोङ–केरुङ–रसुवागढी चिलिमे २२० केभी सीमापार प्रसारण लाइन

७. मदन भण्डारी विश्वविद्यालय

८. काठमाडौं साइन्टिफिक सेन्टर एन्ड साइन्स म्युजियम

९. दमकस्थित चीन–नेपाल औद्योगिक मित्रपार्क 

१०. झापा स्पोर्ट्स एन्ड एथलेक्टिस कम्प्लेक्स 
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १६:३३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update