Odapalika - The Fourth Estate - चौथो अंग
जन्मदर घटेकाे भन्दै जापानमा कर्मचारीलाई हप्तामा ३ दिन बिदा दिने प्रस्ताव

काठमाडौं । जापानले सरकारी कर्मचारीलाई सातामा तीन दिन बिदा दिने तयारी गरेको छ । जापानले जन्मदर कम हुनुका साथै भएका बच्चाको रेखदेखलाई ख्यालमा राखेर हप्ताको तीन दिन बिदा दिने प्रस्ताव अघि सारेको छ । 

जापानको राजधानी टोकियामा सरकारी कर्मचारीलाई हप्तामा तीन दिन बिदा दिनुपर्ने प्रस्ताव अघि बढाइएको हो । 

टोकियोका गभर्नर युरिको कोइकेले अभिभावकत्वलाई प्रोत्साहित गर्ने राष्ट्रव्यापी प्रयासअन्तर्गत राजधानीमा सरकारी कर्मचारीका लागि हप्तामा  तीन दिन बिदा दिने र बाँकी चार दिन मात्र काममा लगाउनुपर्ने प्रस्ताव गरेका जापानी सञ्चार माध्यमले जानकारी दिएको छ । 

जापानको न्यून जन्मदरलाई शान्त संकटकालीन अवस्थाको संज्ञा दिएका जापानका प्रधानमन्त्री सिगेरु इसिबाले उचित नीति अवलम्बन गर्ने बताए । 

मंगलबार जापानका गभर्नर युरिको कोइकेले तीन दिन बिदा दिन प्रस्ताव गरेका हुन् । 

‘हामी हाम्रो कार्यशैलीलाई लचिलो रुपमा समीक्षा गर्दै जानेछौँ ताकि कसैले पनि जन्म दिनु र बच्चाको हेरचाहजस्ता जीवनका घटनाहरूका कारण आफ्नो करियर छोड्नु नपरोस्,’ कोइकेले २०२४ को टोक्यो मेट्रोपोलिटन एसेम्ब्लीको चौथो नियमित सत्रको उद्घाटन कार्यक्रममा भने । 

आगामी आर्थिक वर्षको अप्रिल २०२५ देखि यो प्रणालीलाई प्रत्येक हप्ता एक दिनको बिदामा परिवर्तन गर्ने प्रस्ताव गरिएको छ । 

आफ्नो नीतिगत वक्तव्यमा कोइकेले महिला सशक्तीकरणको प्रचार गर्ने परियोजना ‘विमेन इन एक्शन’ सुरु गर्ने घोषणा गरे । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १७:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update