Odapalika - The Fourth Estate - चौथो अंग
पर्सामा रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी 

वीरगञ्ज । सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । 

वीरगञ्जको सानो पाइला सहकारी ठगी प्रकरणमा अनुसन्धान गर्न लामिछानेसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

बुधबार जिल्ला अदालत पर्साले रविसहित १४ जनालाई पक्राउ गरी अनुसन्धान गर्न पर्सा प्रहरीलाई अनुमति दिएको हो । 

सानो पाइला सहकारीको करिब ९२ करोड अपचलन भएको विषयमा अनुसन्धान गर्न उनीहरुविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । 

गत कात्तिक २ गते पक्राउ परेका रविमाथि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा, काठमाडौँको स्वर्णलक्ष्मी सहकारीमा भएको रकम अपचलनमा पनि अनुसन्धान भइरहेको छ । 
 

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १७:४७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update