Odapalika - The Fourth Estate - चौथो अंग
मौसम विभागले भन्योः आज र भोलि हुस्सु लाग्छ तर पानी पर्दैन

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज देशभरको माैसम सफा रहने बताएको छ । 

हाल देशमा कुनै किसिमको विशेष मौसम प्रणाली नरहेको जनाउँदै विभागले देशभरको मौसम सफा रहने बताएको छ । कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको उसको भनाइ छ । 

तराईका केही स्थानमा हुस्सु ने लागेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भागमा मौसम  सफा रहनेछ । शुक्रबार बिहान तराई तथा उपत्यकाका केही भागमा हुस्सु लाग्ने सम्भावना रहेकाले त्यसबाट दैनिक जनजीवन, यातायात तथा उडानमा आंशिक असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन विभागले सम्बद्ध सबैलाई अनुरोध गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०७:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update