Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय तहका कर्मचारीले गरे निजामती दिवस बहिष्कार, यस्ता छन् ९ कारण 

काठमाडौँ । आज देशभरका सबै सरकारले निजामती सेवा दिवस भव्य रुपमा मनाइरहेका छन् । 

संघीय सरकारले हरेक स्थानीय तहमा समेत मौलिका कार्यक्रम गरेर दिवस मनाउन पत्राचार गरेसँगै पालिकाहरुले खेलकुदका कार्यक्रमदेखि सरसफाइ हुँदै रचनात्मक कार्यक्रम गरेर दिवस मनाइरहेका छन् । 

तर रोल्पाको सुनिल स्मृति गाउँपालिकाका कर्मचारीहरुले भने ऐन विभेदकारी भएको भन्दै बहिष्कारको घोषणा गरेका छन् । 

पालिकामा कार्यरत कर्मचारीहरुले स्थानीय तहमा कार्यरत कर्मचारीलाई निजामती सेवाको परिभाषाभित्र नसमेटेको भन्दै विरोध स्वरुप दिवस बहिष्कार गरी कालोपट्टी बाँधेर काम गरिरहेका छन् । 

उनीहरुले प्रस्तावित निजामती सेवा एैनमा समेत थुप्रै विषयबस्तु छुटेको भन्दै त्यसको सम्वोधन नभएसम्म ऐनले पूर्णता नपाउने भन्दै गाउँपालिका मार्फत संघीय सरकारसमक्ष विभिन्न ९ वटा मागसमेत राखेका छन् । 

उनीहरुले संघीय निजामती सेवा ऐनको सट्टा एकीकृत निजामती सेवा ऐन जारी हुनुपर्ने, स्थानीय सेवालाई प्रदेश निजामती सेवा मातहत राख्नुपर्ने, तीनटै तहमा काम गर्ने कर्मचारीको सेवासुविधादेखि वृत्तिविकाससम्ममा एकरुपता हुनुपर्नेलगायतका माग पनि राखेका छन् । 

Sunil-Smriti-gaupalika1694151747.jpg

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update