ललितपुर । ललितपुर महानगरले स्वास्थ्य क्षेत्रमा उत्कृष्ट काम गरेका तीनवटा वडा स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत गरेको छ ।
विश्व स्वयंसेवक दिवसको अवसरमा आयोजित २१ औं राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको दिन पारेर बिहीबार महानगरले वडा स्वास्थ्य कार्यान्वयन समितिलाई पुरस्कृत गरेको हो ।
वडा नंं. २० को समिति प्रथम, वडा नं.१३को समिति दोस्रो र वडा नं३ को समितिे तेस्रो पुरस्कार प्राप्त गरे । ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जनले प्रथम हुनेलाई ६० हजार, दोस्रो हुनेलाई ४० हजार र तेस्रो हुने समितिलाई २० हजार नगदसहित सम्मान पत्र प्रदान गरे ।
यसैगरी कार्यक्रममा वडाका उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरक (टीएचपी)लाई पनि सम्मान गरिएको थियो । यसका साथै कार्यक्रममा प्रत्येक वडाका एक जना उत्कृष्ट महिला सामुदायिक स्वास्थ्य स्वयम सेविकालाई सम्मान गरिएको थियो । यसैगरी अवकाश प्राप्त गर्ने महिला सामुदायिक स्वास्थ्य स्वयम सेविका पनि कार्यक्रममा सम्मानित भए । ललितपुर महानगरमा २९ वटा वडा छन् ।
कार्यक्रममा ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कोरोना र डेगु नियन्त्रणमा महिला सामुदायिक स्वास्थ्य स्वयसेविका र उत्कृष्ट टोल स्वास्थ्य उत्प्रेरकको भूमिका महत्वपूर्ण रहेको बताए । उनले भने, ‘उहाँको योगदान महत्वपूर्ण छ, घर घरमा पुगेर उहाँहरुले दिनुहुने स्वास्थ्य परामर्श सम्मान गर्न लायक छ ।’
बालमृत्युदर र मातृमृत्युदर घटाउन उहाँहरुको योगदान महत्वपूर्ण भएको नगर प्रमुख महर्जनले दाबी गरे । ललितपुर महानगरको महिला स्वास्थ्य स्वयमसेवक कोषमा रहेको नौ लाख रकममा थप नौ लाख थपेर १८ लाख पु¥याउने प्रतिबद्धता व्यक्त गरे ।
सामाजिक विकास समितिका संयोजक एवम प्रवक्ता राजु महर्जनले स्वास्थ्य स्वयसेविकासम्बन्धी कार्यविधिको मस्यौदा तयार हुँदै गरेको जानकारी दिए । उनले भने, ‘कार्यविधि बनेपछि मात्रै सेवा सुविधाको कुरा, संस्थाको कुरामा छलफल गर्र्न सकिन्छ । ’ नागरिकलाई निरोगी राख्न टिएच र महिला स्वास्थ्य स्वयसेविकाको भूमिका महत्वपूर्ण भएको बताए ।
जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. भुवन पौडेलले मातृमृत्युदा र बालमृत्युदर घटाउने महत्वपूर्ण भूमिका स्वास्थ्य स्वयमसेविकाहरुको बताएको बताए
ललितपुर महानगर जनस्वास्थ्य शाखा प्रमुख सरिता महर्जनले पछिल्लो समयमा उनीहरुले आमा र बच्चाको स्वास्थ्यमात्रै नभई दीर्घरोगका बारेमा समेत चेतना जगाउँदै सजग बनाएको बताइन् ।