Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारले गाई सुत्केरी भएपछि किसानलाई १० हजार रुपैयाँ दिने 

काठमाडौँ । गुल्मीको सत्यवती गाउँपालिकाले आफ्नो घरमा पालेको बाच्छी सुत्केरी भएमा किसानलाई १० हजार रुपैयाँ दिने भएको छ । तर, यसमा केही सर्त भने राखिएको छ । किसानलाई पशुपालन र बाच्छी हुर्काउन प्रोत्साहन गर्न सत्यवतीले सो कार्यक्रम ल्याएको हो । 

चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममै सत्यवतीले समेटेर किसानलाई पशुपालनमा आकर्षित गराउन सो कार्यक्रम ल्याइएको जनाइएको छ । 

स्वीकृत कार्यक्रमअनुसार बाच्छी हुर्काउने कार्यलाई प्रोत्साहन गर्नका लागि घरमै पालेको बाच्छी पहिलोपटक सुत्केरी हुँदा किसानलाई प्रोत्साहन स्वरुप १० हजार रुपैयाँ अनुदान दिइनेछ । 

२०८१ साउन १ गतेदेखि २०८२ असार १५ गतेभित्र घरमा पालेको बाच्छी पहिलोपटक सुत्केरी हुनुपर्ने सर्त रहेको छ । यसका लागि असोज ५ गतेसम्म आफूले पालेको बाच्छीबारे ालिकाको पशुपन्छी विकास शाखालाई जानकारी गराएको हुनुपर्नेछ ।

बाच्छी पहिलोपटक सुत्केरी भएपछि निवेदन, तीन जना छिमेकीको मुचुल्का, वडा कार्यालयको सिफारिस, माउँ र बच्चा स्पस्ट देखिने फोटो र भेटेरिनरी प्राविधिकले स्थलगत अनुगमन गरी दिएको रिपोर्टको आधारमा किसानको बैंक खातामा पालिकाले रकम जम्मा गरिदिनेछ । 
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update