Odapalika - The Fourth Estate - चौथो अंग
बारामा गढीमाई मेला, सफल पार्न रौतहटमा सार्वजनिक बिदा 

काठमाडौँ । रौतहटको गुजरा नगरपालिकाले बारा जिल्लामा लागेको गढीमाई मेला सफल पार्न भन्दै एक दिनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

गढीमाई मेलालाई सफल पार्न, पर्यटकीय सांस्कृत्ति विकास प्रवर्द्धन गर्न आउँदो सोमबार (मंसिर २४) सार्वजनिक बिदा दिने निर्णय गरेको मेयर सन्तलाल प्रसाद चौधरीले जानकारी दिए । 

गुजरान नगरपालिका मातहतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु र शैक्षिक संस्थाहरुमा मंसिर २४ गते सोमबारका दिन स्थानीय सार्वजनिक बिदा दिइएको मेयर चौधरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

‘...विश्व प्रसिद्ध श्री गढीमाई पन्चवर्षिय मेला २०८१ लाई सफल पार्न, पर्यटकीय सांस्कृत्ति विकास प्रवर्द्धन गर्न तथा सामाजिक सांस्कृतिक अमन चयन कायम गर्नका लागि यस कार्यालय, मातहतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु र शैक्षिक संस्थाहरुमा मिति २०८१/०८/२४ गते सोमबारका दिन स्थानीय सार्वजनिक विदा दिइएको व्यहोरा सम्बन्धित सबैमा जानकारीको लागि अनुरोध छ,’ जारी विज्ञप्तिमा उल्लेख छ । 

gujura-1733468717.jpg
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १२:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update