Odapalika - The Fourth Estate - चौथो अंग
देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन 

काठमाडौँ । संघीय सरकारले देशभरका स्थानीय तहलाई शिक्षकको तलब भत्ता मासिक रुपमा उपलब्ध गराउन निर्देशन दिएको छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्राचारअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र पठाएर शिक्षकको तलब मासिक रूपमा उपलब्ध गराउन निर्देशन दिएको हो । 

प्रचलित कानुनले कुनै शिक्षकले तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थाबाहेक शिक्षकलाई मासिक रुपमा तलब भत्ता उपलब्ध गराउन मन्त्रालयले देशभर ७५३ स्थानीय तहलाई निर्देशन दिएको हो । 

‘...शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको च.नं. १३८ मिति २०८१/०८/१७ को पत्र मार्फत शिक्ष ऐन, नियमावली तथा प्रचलित कानुनले कुनै शिक्षकको मासिक तलब भत्ता रोक्का राख्ने व्यवस्था गरेको अवस्थामा बाहेक शिक्षकले शिक्षकले काम गरेवापत पकाएको तलब भत्ता मासिक भुक्तानी गर्ने व्यवस्थाका लागि सबै स्थानीय तहमा परिपत्र पठाउने भनी अनुरोध भई आएको हुँदा पत्रको छायाँ प्रति यसै साथ संलग्न गरी आवश्यक जानकारी तथा कार्यार्थ पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ स्थानीय तहलाई संघीय मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ । 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update