Odapalika - The Fourth Estate - चौथो अंग
मिडिया नेपालले पत्रकार महासंघको निर्वाचन बहिस्कार गर्ने 

काठमाडौँ । मिडिया नेपालले आसन्न पत्रकार महासंघको निर्वाचन बहिस्कार गर्ने भएको छ । महासंघको नयाँ नेतृत्व चयनका लागि यही मंसिर २८ गते हुने निर्वाचनको शुक्रबार मनोनयन दर्ता कार्यक्रम सकिएको छ । मनोनयन दर्ताकै दिन मिडिया नेपालले क्रियाशिल पत्रकारहरुलाई सदस्य बन्नबाट बन्चित गरेर गर्न खोजिएको निर्वाचन बहिस्कार गर्ने जनाएको हो । 

शुक्रबार मिडिया नेपालका अध्यक्ष गोपालप्रसाद पौड्यालले विज्ञप्ति जारी गरेर आफूहरुले आसन्न महासंघको निर्वाचन बहिस्कार गर्ने जानकारी दिएका हुन् । 

‘सदस्यता सुदृढीकरणको नाममा क्रियाशिल पत्रकारहरुलाई सदस्य बन्नबाट बन्चित गरेर पार्टीका भ्रातृ संगठनका कार्यकर्ता भर्ती गरेर गर्न लागेको निर्वाचनको मिडिया नेपाल घोर आपत्ति र विरोध गर्दछ,’ विज्ञप्तिमा भनिएको छ । 

विज्ञप्तिको पूर्णपाठ :

मिती २०८१/०८/२१

अन्योल छलकपट र जालझेलका विचमा आज नेपाल पत्रकार महासंघको निर्वाचनको लागि मनोनयन दर्ता हुँदै छ रे । सदस्यता सुदृढीकरणको नाममा क्रियाशिल पत्रकारहरुलाई सदस्य बन्नबाट बन्चित गरेर पार्टीका भातृ संगठनका कार्यकर्ता भर्ती गरेर गर्न लागेको निर्वाचनको मिडिया नेपाल घोर आपत्ति र विरोध गर्दछ । नेपाल पत्रकार महासंघलाई श्रमजीवी र क्रियाशिल पत्रकारहरुको साझा थलो बनाउ भनेर मिडिया नेपालले धेरै पहल गर्‍याे । तर कोही तयारी भएनन् । पार्टीको भ्रातृ संगठनको रुपमा अगाडि बढाइयो । जिन्दगी पत्रकारितामा बिताएका मान्छे महासंघको सदस्य बन्न पाएनन् । पार्टीका कार्यकर्ता एकदिन पनि पत्रकारिता नगरेकाहरु सदस्य बनाइए । पत्रकारको हकहित भन्दापनि दलको भातृ संगठनको रुपमा महासंघ कार्यरत रहेको हाम्रो ठहर छ ।

महासंघको घिनलाग्दो गतिविधिले धेरै अग्रज र सकृय पत्रकार महासंघको सदस्य बन्न रुचाउदैन्न । आफ्नो पेशा नै पत्रकारितामा बनाएका साथीहरू बाहिर बसेर कहिल्यै पत्रकारितामा नदेखिएहरुको हालिमुहालि रहेको महासंघको निर्वाचनमा मिडिया नेपालले भाग नलिने र बहिष्कार गर्ने निर्णय गरेको छ।

यो पत्रकारको निर्वाचन होइन पार्टीको भातृ संगठनको निर्वाचन हो र यस्तो निर्वाचन र मतदानमा सहभागी नहुन र मतदान समेत नर्गन सक्रिय पत्रकारहरुलाई आह्वान पनि गर्दछौं ।

सक्कली पत्रकार बाहिर बसेर टुलुटुलु हेर्न र नक्कली पत्रकारको हालिमुहाली भएको नेपाल पत्रकार माहासंघको चुनाव मिडिया नेपालले टुलुटुलु हेर्न सक्दैन र बहिस्कार र बिरोध गर्दछ ।

गोपाल प्रसाद पौड्याल

अध्यक्ष मिडिया नेपाल
 

प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १७:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update