Odapalika - The Fourth Estate - चौथो अंग
चितवनमा पायलट बाबाको योग शिविर 

काठमाडौँ । चितवन महानगरपालिकामा महायोगी पायलट बाबाको ५ दिने आध्यात्मिक शिविर हुने भएको छ ।  हरिद्वारस्थित पायलट बाबा आश्रमका अनुसार ८ देखि १२ मसिरसम्म शिबिर संचालन गर्न लागिएको हो । 

एक सिरोर्टमा आयोजना हुन लागेको शिविरमा  पायलट बाबाले  आध्यात्मिक योग, विभिन्न यौगिक क्रिया र मुद्राध्यान विधि गराउनुका साथै योगको सूक्ष्म रहस्यबारे प्रवचन दिनेछन् । 

नेपालमा पहिलो पटक हुने पायलट बाबाको शिविर विभिन्न देशमा हुने गरेका छन् ।  शिविरमा ५० जना रशियन नागरिकका साथै जापान, अमेरिका, यूक्रेन, जर्मनी, इटली, टर्की,भारतलगायतका देशबाट योग सिक्न मानिसहरु आउने छन् । 

babaji_and_mataji1694152548.jpg

पायलट बाबाको नेपाल भ्रमणमा उनका शिष्याद्वय महामण्डलेश्वर योग माता चेतना, महामण्डलेश्वर योग माता श्रद्धाका साथै शिष्या सावित्री ऐमा लगायतका अन्य थुप्रैको सहभागिता हुने जनाइएको छ । 

बाबाको यस आध्यात्मिक शिविरका लागि भारत तथा नेपालमा कोर्डिनेशनको काम नेपाली पत्रकार ज्ञानमित्रले गरिरहेको आश्रमले जानकारी दिएको छ ।  
 

प्रकाशित मिति: शुक्रबार, भदौ २२, २०८०  ११:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update