Odapalika - The Fourth Estate - चौथो अंग
बजारबाट राष्ट्र बैंकले ७० अर्ब उठाउँदै 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न भन्दै आइतबार बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ तान्ने भएको छ । राष्ट्र बैंकले २१ दिनका लागि आइतबार दिउँसो २ बजे बोलकबोलको समय तोकेको छ । 

बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने छन् । सावाँ तथा ब्याज भुक्तानी आगामी पुस १४ गते तोकिएको छ । 

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

अधिक तरलता व्यवस्थापन गर्न भन्दै राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट ७० अर्ब रुपैयाँ खिच्न लागेको हो। 

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update