Odapalika - The Fourth Estate - चौथो अंग
धरानका मेयर हर्कको मन्त्रालयलाई पत्र- तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिनू

काठमाडौँ । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले जनताको काम अड्किएको भन्दै तुरुन्त प्रमुख प्रशासकीय अधिकृत पठाइदिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका छन् । 

आइतबार मन्त्रालयलाई पत्राचार गर्दै मेयर साम्पाङले प्रमुख प्रशासकीय अधिकृत कहिले पठाइदिने प्रश्न गर्दै जनताको काम अड्किएकाले तुरुन्त पठाउन भनेका छन् । 

‘...धरान उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत कहिले पठाइदिने होला ? यहाँ जनताको काम अड्किएर गाह्रो भइसक्यो । लौ न तुरुन्त पठाइदिनु प¥यो । धराने जनता पनि नेपाली नागरिक नै हुन् । धराने जनताको काम गर्ने प्रमुख प्रशासकीय अधिकृत तुरुन्तै पठाइदिन अनुरोध छ,’ मेयर साम्पाङको मन्त्रालयलाई लेखेको पत्रमा उल्लेख छ ।

dharn-1733656639.jpg
 

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update