Odapalika - The Fourth Estate - चौथो अंग
पश्चिमी वायु सामान्य सक्रिय, यी क्षेत्रमा पर्नेछ पानी 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार  देशमा पश्चिमी वायुको आंशिक प्रभावका कारण आज कतिपय स्थानमा पानी पर्ने सम्भावना छ ।

उसले कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली हुने भनेको छ । आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू(भागमा साधारणतयादेखि पूर्णतया बदली रही बाँकी भू(भागमा आंशिकदेखि साधारणतया बदली रहने छ । 

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, गण्डकी र बागमती प्रदेशका थोरै स्थान तथा कोशी प्रदेशको पहाडी भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । 

सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका धेरै स्थानमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू(भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ ।

राति कर्णालीलगायत सुदूरपश्चिम, गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा छ । 

कर्णाली प्रदेशलगायत देशका पहाडी भू(भागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थान तथा बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने सम्भावना छ ।
 

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०६:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update