Odapalika - The Fourth Estate - चौथो अंग
हुम्लामा हिमपात, नाम्खा गाउँपालिकामा एक फिट हिउँ जम्यो 

हुम्ला । हुम्लामा हिमपात भएको छ । आइतबारदेखि मौसममा आएको फेरबदलसँगै देशका केही स्थानमा वर्षा र हिमपात भएका छन् । मौसममा आएको बदलीले हुम्लामा हिमपात भएको छ । 

आइतबार रातिदेखि परेको हिमपातले हुम्लामा विभिन्न क्षेत्रमा बाक्लो हिउँ जमेको छ । 

नाम्खा गाउँपालिकाको लिमीलगायतका क्षेत्रमा एक फिटसम्म हिउँ जमेको छ भने सदरमुकाम सिमकोटमा तीन इञ्च हिउँ जमेको छ । हिमपात भएसँगै डाँडा सेता देखिएका छ भने किसान खुसी भएका छन् । 

हिमपातले गहुँ, जौ र उवा खेतीलाई राम्रो हुने भन्दै किसान खुसी भएका हुन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update