काठमाडौँ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको छ ।
सोमबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यक्ष सिलवालविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको हो ।
उनीमाथि नागरिकतामा पटक–पटक जन्म मिति संशोधन गरी नागरिकता तथा राहदानीमा केरमेट र जालझेल गरेर पदको दुरुपयोग गरी लाभ र सुविधा लिएको आरोपमा मुद्दा दर्ता गरेको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
प्राधिकरणको अध्यक्षको हैसियतमा ६५ वर्षको उमेरको हदबाट अनिवार्य अवकाश हुनुपर्नेमा उनले २०८० साउन १६ गतेबाट ६६ औँ वर्षमा प्रवेश गर्दासमेत पदमा नै बसेर अधिकारको प्रयोग गरेको आरोप छ ।
अध्यक्ष सिलवालले हालसम्म लिएको लाभ सुविधा रकम ३६ लाख ६२ हजार १५४ रुपैयाँ र (कसुर जन्य सम्पत्ति तथा साधन रोक्का, नियन्त्रण र जफत ऐन बमोजिम जफत÷असुल उपर हुन माग दाबीसहित मुद्दा दायर गरिएको प्रवक्ता घिमिरेले बताए ।