काठमाडौँ । स्काफोल्डरहरूको सीप विकास, सुरक्षित कार्यस्थल सुनिश्चित गर्ने, र दीर्घकालीन आर्थिक तथा सामाजिक स्थिरताका लागि समर्पित स्काफोल्डरस् एसोसिएसन औपचारिक रूपमा स्थापना भएको छ।
कम्पनी रजिस्ट्रारको कार्यालयमा नाफा वितरण नगर्ने कम्पनीको रूपमा दर्ता भएको यो संस्था मध्यपूर्वमा स्काफोल्डिङ क्षेत्रमा विशिष्ट तहमा कार्यरत नेपाली साथीहरूको सहकार्यमा स्थापित गरिएको हो।
नेपाली स्काफोल्डरहरूलाई क्षमतामा आधारित प्रशिक्षण, कार्यस्थल सुधारको वकालत, र दीर्घकालीन कल्याणका लागि सहयोगमार्फत सशक्त बनाउने र सीप विकास, रोजगारी सहजता, र अवकाशपछि सहयोग गर्ने लक्ष्यसहित एसोसिएसन दर्ता गरेको बताइएको छ।
स्काफोल्डिङ ले कामदारलाई सुरक्षित रूपमा काम सम्पन्न गर्न सहयोग गर्ने र यो ठूला पूर्वाधार परियोजना, पेट्रोकेमिकल उद्योग, सुरुङ निर्माण, र उचाइमा हुने कुनै पनि कार्यमा अनिवार्य मानिन्छ ।