भक्तपुर । नेपाल प्रदुषण नियन्त्रण तथा वातावरण निर्माण केन्द्र (नेप्सेम्याक)को आयोजनामा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुर र नेपाल रेडक्रस सोसाइटी भक्तपुरसंगको प्राविधिक सहकार्यमा नेप्सेम्याक ग्रुपको साझेदारीमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका थिए ।
निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रममा किड्नी फङ्सन टेष्ट, ब्लड सम्बन्धि विभिन्न परीक्षणहरु गरिएको र १ सय जनाभन्दा बढीले स्वास्थ्य परीक्षण गराएको नेप्सेम्याक ग्रुपका प्रवक्ता लक्ष्मीप्रसाद घिमिरेले बताए ।
प्रकाशित मिति: मंगलबार, मंसिर २५, २०८१ १०:५०
प्रतिक्रिया दिनुहोस्