कालीकोट । विश्व बैंकको सहयोगमा कालिकोटको महावै गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने सडक निर्माण हुने भएको छ ।
प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी) कार्यक्रमअन्तर्गत बन्न लागेको सडक निर्माणको सम्झौता र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) लगायतका भइसकेको छ ।
उक्त सडकको मर्मत, कालोपत्र, स्तरोन्नतिका पीएलआरआईपी कार्यक्रमले ठेक्कालगायतका काम गरेको हो । यसका लागि स्थानीय तहले जग्गा व्यवस्थापन गर्नुपर्ने सम्झौता भएको र लगानी तथा पूर्वाधार निर्माण स्थानीय सडक सुधार कार्यक्रमले गर्ने जनाइएको छ ।
महावै गाउँपालिका मुकाममा सडक जोड्नका लागि कालीकोट–जुम्ला सडकखण्डको खाँडाचक्र नगरपालिका–८ को सेरावाडादेखि महावै गाउँपालिकाको केन्द्र पादमघाटसम्म जोड्ने नौ किलोमिटर सडक निर्माण हुनेछ ।
यो आयोजनामा कालिकोट–जुम्ला सडकखण्डबाट महावै गाउँपालिका जोड्नका लागि तिला नदीमा पक्की पुल निर्माण हुने र पाँच वर्षभित्रमा सडक कालोपत्र, स्तरोन्नतिलगायत गरिनेछ ।
महावै गाउँपालिकामा हालसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिन नसकेको अवस्थामा स्थानीय सडक सुधार कार्यक्रम (पीएलआरआईपी)बाट सडक जोडिन लागेको हो ।