Odapalika - The Fourth Estate - चौथो अंग
स्थानीय सरकारले सामुदायिक बस सञ्चालन गर्ने 

म्याग्दी । स्थानीय सरकारले विद्यार्थीलक्षित सामुदायिक बस सञ्चालन गर्ने भएको छ । बेनी नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई लक्षित गरेर बस सञ्चालन गर्ने तयारी गरेको मेयर सुरत केसीले जानकारी दिए । 

सामुदायिक विद्यालयमा घट्न लागेका विद्यार्थीको संख्या बढाउन र कमजोर आर्थिक अवस्थाका विद्यार्थीको हितलाई ध्यानमा राखेर सामुदायिक बससेवा सञ्चालन गर्न लागेको मेयर केसीले बताए । 

७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा बेनीमा आयोजित कार्यक्रममा बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगरभित्र सडक सञ्जाल पुगेका क्षेत्रसम्म सामुदायिक बस सञ्चालन गर्ने बताए ।

 सामुदायिक विद्यालयका विद्यार्थीलक्षित बस सञ्चालन गरिने भए पनि उक्त बसमा जुनसुकै विद्यालयका विद्यार्थीले सेवा लिन सक्ने उनको भनाइ छ । मेयर केसीले सामुदायिक बस सञ्चालनका लागि अर्थ मन्त्रालयसँग आवश्यक परामर्श गर्ने बताए । 
 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ११:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update