Odapalika - The Fourth Estate - चौथो अंग
म्याद थपका लागि रवि लामिछानेलाई अदालत लगियो, कहिले हुन्छ मुद्दा दर्ता ?

काठमाडौँ । सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एंव राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा राख्न म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ । 

कास्की प्रहरीको न्यायिक हिरासतमा रहेका उनलाई म्याद थपका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको हो । पछिल्लोपटक थपिएको चार दिनको म्याद सकिएसँगै पुनः म्याद थपका लागि अदालत लगिएको हो ।

विभिन्न सहकारीको रकम अपचलनका सम्बन्धमा अनुसन्धान गर्नेक्रममा पक्राउ परेका रविसहित पूर्वडीआइजी छविलाल जोशी, रामबहादुर खनाल र लिला पछाइलाई पनि अदालत लगिएको छ । 

उनीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोग लगाएर मुद्दा दर्ता गर्ने तयारी गरिएको छ । पक्राउ गरेको ९० दिनभित्र अभियोजन दर्ताका लागि अदालतमा कानुनी प्रक्रियामा गइसक्नुपर्ने संवैधानिक व्यवस्था छ । यसर्थ, छविलाल जोशी गत असोज ६ गते पक्राउ परेका हुन् ।  ६ असोजबाट गणना गर्दा बिहीबार ८३ दिन पुगेको छ । अबको एक साताभित्र रविसहित पक्राउ परेका सबैविरुद्ध अभियोजन दर्ताका लागि अदालतमा जानुपर्नेछ । 
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update