Odapalika - The Fourth Estate - चौथो अंग
महाकाली नगरपालिकाको नाम ‘दोधारा चाँदनी’ कायम भएकाले मिलान गर्न मन्त्रालयको निर्देशनात्मक पत्र 

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कञ्चनपुरको साविक महाकाली नगरपालिकाको नाम परिवर्तन गरी ‘दोधारा चाँदनी नगरपालिका’ कायम गरिएको जानकारी गराएको छ । 

मन्त्रालयले साविक महाकाली नगरपालिकाको नाम परिवर्तन भई दोधारा चाँदनी नगरपालिका कायम भएको व्यहोरा मातहत निकायहरूमा नाम मिलान गर्नु गराउनुहुन देशभरका सबै मन्त्रालय, सबै मुख्यमन्त्रीको कार्यालय र सबै स्थानीय तहलाई निर्देशन दिएको छ । 

दोधारा चाँदनी नगरपालिकाले नगरपालिकाको नाम फरक भएको भनी राहदानी लगायतका सेवा प्राप्त गर्न नपाएको गुनासो आएपछि मन्त्रालयले सबै मन्त्रालय, मुख्यमन्त्री कार्यालय र स्थानीय तहलाई पत्राचार गरेर मातहत निकायहरूमा नाम मिलान गर्नु गराउनुहुन निर्देशन दिएको हो । 

‘...कञ्चनपुर जिल्ला दोधारा चाँदनी नगरपालिकाको प.सं. ०८१/०८२ च.नं. १०३० मिति २०८१/०८/२४ को पत्रबाट नगरपालिकाको नाम फरक भएको भनी राहदानी लगायतका सेवा प्राप्त गर्न नपाएको गुनासो आउने गरेकोले राजपत्रमा प्रकाशित भएअनुसार यस नगरपालिकाको नाम दोधारा चाँदनी नगरपालिका, कायम गर्न पहल गरिदिनु हुन भनी लेखीआएकोले नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७७/०८/१८ को निर्णय अनुसार कञ्चनपुर जिल्लाको साविक महाकाली नगरपालिकाको नाम परिवर्तन भई दोधारा चाँदनी नगरपालिका कायम भएको व्यहोरा नेपाल राजपत्र खण्ड ७०) संख्या ३५ भाग ५ मिति २०७७/०९/१३ मा प्रकाशित समेत भईसकेको संलग्न राजपत्रको प्रतिलिपी अनुसार तहाँ र मातहत निकायहरुमा नाम मिलान गर्नु गराउनु हुन आदेशानुसार अनुरोध छ,’ मन्त्रालयको पत्रमा उल्लेख छ । 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १३:३८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update