Odapalika - The Fourth Estate - चौथो अंग
जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गुरुङले लिए शपथ

काठमाडौँ । आदिवासी जनजाती उत्थान राष्ट्रिय प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष रेशम गुरुङले शपथ ग्रहण गरेका छन् । 

प्रतिष्ठानका सह–अध्यक्ष समेत रहेका सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले बिहीबार उनलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । 

२०८१ जेठ ११ गते तत्कालीन उपाध्यक्ष गोकुल घर्तीको कार्यकाल सकिएपछि रिक्त रहेको पदमा प्रधानमन्त्री केपी शर्मा ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गरेका थिए । प्रधानमन्त्री ओली प्रतिष्ठानको अध्यक्ष रहेका छन् ।

सङ्घीय मामिलामन्त्री गुप्ताको संयोजकत्वमा गठित सिफारिस समितिले गुरुङसहित पासाङ शेर्पा र टासी स्याङ्बो गुरुङसेनीको नाम सिफारिस गरेकामा प्रधानमन्त्री ओलीले गुरुङलाई उपाध्यक्ष नियुक्त गरेका थिए । 

तमू ह्युल छोंज धिँ गुरुङ राष्ट्रिय परिषदका पूर्वअध्यक्षसमेत रहेका उपाध्यक्ष गुरुङ आदिवासी जनजाति आन्दोलनका स्पष्ट वक्ता मानिन्छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १७:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update