काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी (साविकको राष्ट्रिय बीमा संस्थान) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा ८ जनाले आवेदन दिएका छन् ।
कम्पनीका लागि रिक्त रहेको सिइओ पदमा यो दोस्रो पटक आवेदन खुलाइएको हो ।
कम्पनीमा ८ जनाले आवेदन दिएका छन् । रोहित रेग्मी, प्रकाशमान बज्राचार्य, सुन्दर पन्थी,, रामकृष्ण पन्थी, महेश रिमाल, रामदेव यादव, राजुनाथ खनाल र लक्ष्मण पराजुलीले आवेदन दिएका पदपूर्ति समितिले जानकारी दिएको छ ।
आवेदन दिएकामध्ये महेश रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् । उनी २ दशकदेखि सोही कम्पनीमा कार्यरत रहेका छन् ।
अर्का आवेदनक रोहित रेग्मी सामाजिक सुरक्षा कोषका उपनिर्देशक हुन् । कोषमा आउनुअघि रेग्मी राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत थिए । राजनाथ खनाल साविक बीमा संस्थानको सञ्चालक समितिका सदस्य समेत बनेका व्यक्ति हुन् ।
यस्तै, आवेदनक लक्ष्मण पराजुली यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीमा कार्यरत छन् ।