काठमाडौँ । जिल्ला अदालत काठमाडौँको आदेशबाट रिहा भएलगत्तै मेडिकल व्यवसायी दुर्गा प्रसाईं फेरि पक्राउ परेका छन् ।
साइबर अपराधको अभियोगमा जिल्ला अदालत काठमाडौँले बिहीबार ४० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । सो आदेशअनुसार धरौटी बुझाएर रिहा भएका प्रसाईंलाई अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको हो । उनलाई आपराधिक विश्वासघातको कसूरमा सीआईबीले अनुसन्धन गरिरहेकाले पुनः प्रहरीले पक्राउ गरेको हो ।
पुनः पक्राउ पर्नुअघि बिहीबार न्यायाधीश विष्णुप्रसाद अवस्थीको एकल इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह अफवाह फैलाएको आरोपमा पक्राउ परेका प्रसाईंविरुद्ध साइबर अपराधको अभियोग लगाइएको छ । साथै उनीमाथि आपराधिक विश्वासघातको कसूरमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।