Odapalika - The Fourth Estate - चौथो अंग
मधेश प्रदेशबाट परेका भ्रष्टाचारका उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित 

काठमाडौँ । मधेश प्रदेशबाट परेका भ्रष्टाचारको उजुरीमध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको देखिएको छ । दुई आर्थिक वर्षमा परेका भ्रष्टाचारका उजुरीमध्ये ६ हजार ४७२ वटा फर्छ्योट गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासले ती मध्ये ८० प्रतिशत स्थानीय तहसँग सम्बन्धित रहेको जनाएको हो । 

अख्तियारका अनुसार, आर्थिक वर्ष २०७९/८० तथा २०८०/८१ मा मधेश प्रदेशका आठ जिल्लाबाट कुल आठ हजार ५२९ उजुरी दर्ता भएको थियो । उक्त दुई आर्थिक वर्षमा धनुषाबाट एक हजार ४२२ उजुरी परेकामा एक हजार ५६ वटा फर्छ्योट भएको थियो ।

दुई वर्षमा बाराबाट एक हजार २०७ उजुरीमध्ये ८८७, सप्तरीबाट एक हजार १७० उजुरीमध्ये ९७१, रौतहटबाट एक हजार ३५ उजुरीमध्ये ७३४, महोत्तरीबाट एक हजार २२ उजुरीमध्ये ८३४ वटा फर्छ्योट भएको जानकारी दिइएको छ ।

पर्साबाट ९५६ उजुरीमध्ये ६९१, सिरहाबाट ८८१ उजुरीमध्ये ६८७ र सर्लाहीबाट ८३६ उजुरीमध्ये ६४२ वटा फर्छ्योट भएको अख्तियारको तथ्यांकमा उल्लेख छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update