Odapalika - The Fourth Estate - चौथो अंग
अभिभावकविहीन वालवालिकालाई भत्ता दिन्छन् स्थानीय सरकार, नवदुर्गाले कतिलाई दियो ?  

काठमाडौँ । डडेल्धुराको नवदुर्गा गाउँपालिकाले का अभिभावकविहीन वालवालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । 

गाउँपालिकाले चालु आर्थिक वर्षमा मात्र ९४ जना यस्ता वालवालिकालाई भत्ता वितरण गरिएको छ ।  गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि अभिभावकविहीन भत्ता प्रदान गर्दै आएको छ ।

उपाध्यक्ष निर्मला विष्टका अनुसार ती बालबालिकालाई जनही १ हजार रुपैयाँ भत्ता प्रदान गरिएको हो । 

भत्ता रकम आमाबाबु गुमाएका बालबालिका तथा पारिवारिक र सामाजिक वञ्चितीकरणमा परेका १८ वर्षमुनिकालाई प्रदान हुँदै आएको छ । गाउँपालिकाले राहत तथा उद्धारकोषमार्पmत कार्यविधि जारी गरेर सुरक्षा भत्ता प्रदान गरेको हो ।
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update