Odapalika - The Fourth Estate - चौथो अंग
रवि लामिछानेमाथि तीन मुद्दामा कारबाही गर्न सिफारिससहितको प्रतिवेदन प्रहरीले बुझायो 

काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेसहितमाथि सहकारीको रकम हिनामिनाको सम्बन्धमा अनुुसन्धान गरेको प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ । 

गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रवन्ध निर्देशक तथा सेयर सदस्य रविसहित सञ्चालक पूर्वडीआईजी छविलाल जोशीलगायतमाथि कास्की प्रहरीले आफ्नो अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको हो । गत असोज ६ गते छवि पक्राउ परेका थिए भने रवि कात्तिक २ गते पक्राउ परेका थिए । 

सहकारी संस्थामा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा संलग्न पुष्टि हुने निष्कर्षसहित रवि, छविविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कारबाहीका लागि माग दाबी गर्दै रायसहितको प्रतिवेदन सरकारी वकिललाई बुझाएको हो । 

रवि, छविसहितमाथि पोखराको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा चितवन, बुटवलको सुप्रिम  र वीरगञ्जको सानो पाइला सहकारीको रकम हिनामिना भएको सम्बन्धमा अनुसन्धान गरेको छ । सहरकारीको रकम हिनामिनाका मुख्य आरोपी जीबी राई भने फरार छन् । 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update