Odapalika - The Fourth Estate - चौथो अंग
सहकारी ठगी प्रकरण : लेखा समिति संयोजक ऋषिकेशकी श्रीमती अञ्जलाविरुद्ध पक्राउ पुर्जी जारी 

काठमाडौँ । सहकारीको रकम अपचलनका विषयमा प्रतिनिधिसभाको लेखा समिति संयोजक ऋषिकेश पोख्रेलकी श्रीमती अञ्जला कोइरालाविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । 

मोरङको कर्सीयामा रहेको उमागौरी कृषि सहकारीको रकम अपचलनका विषयमा अञ्जलाविरुद्ध जिल्ला अदालत मोरङले पक्राउ पुर्जी जारी गरेको हो । 

मोरङ अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले अञ्जलासहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी गर्ने आदेश दिएको हो । 

उमागौरी सहकारीको २२ करोड ४८ लाख २७ हजार ७०० रुपैयाँ अपचलन भएको भन्दै दायर भएको अभियोगमा उनीसँगै २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरूलाई सो बिगो कायम गरी ६ वर्षदेखि ८ वर्षसम्म कैद हुनुपर्ने मागदाबी अभियोग पत्रमा गरिएको छ ।
 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update