काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री एंव रास्वपा सभापति रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमित दिइएको छ । मंगलबार कास्की जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले उनलाई ४ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
गत कात्तिक २ गते सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका रविलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको हो ।
सोमबार नै प्रहरीले आफ्नो रायसहितनको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाइसकेको छ । प्रहरीले रविसहित ५१ जनाविरूद्ध मुद्दा चलाउन प्रहरीले राय दिएको छ। सरकारी वकिल कार्यालय कास्कीले यसको अभियोजन गरिरहेको छ।
मंगलबार थपिएको म्याद ४ दिनभित्रै सरकारी वकिलले उनीहरुविरुद्ध अभियोजन दर्ता गर्नेछ ।