Odapalika - The Fourth Estate - चौथो अंग
नगर प्रहरी देख्दा नागरिक आतंकित हुनुपर्ने अवस्था आउनु हुँदैन : प्रधानमन्त्री 

ललितपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले नगर प्रहरी देख्दा जनतामा रक्षक आएको महसुस हुनुपर्ने बताएका छन् । ललितपुर महानगरको १०६औँ स्थापना दिवसमा अवसरमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले नगर प्रहरीलाई देख्दा नागरिक आतंकित हुनुपर्ने अवस्था आउन नहुने बताए ।  

ललितपुर नगर प्रहरी आतङ्कको पर्याय नभई रक्षकको पर्याय बनेको भन्दै प्रशंसा गरेका प्रधानमन्त्री ओलीले भने, ‘नगर प्रहरी देख्दा जनताले रक्षक आए भन्ने ठान्नुपर्छ । नगर प्रहरी आउँदा जनता आफ्ना सरसामान हत्तपत्त लुकाएर कहाँ भाग्ने भन्ने आतङ्कमा रहनुपर्ने अवस्था हुनु हुँदैन ।’

तीन तहकै सरकार जनताप्रतिको सेवाभाव र उत्तरदायी हुनुपर्ने भन्दै उनले जनप्रतिनिधि र कर्मचारीले घमण्ड र तनाव नलिई सेवाभाव प्रस्तुत गर्नुपर्ने बताए । 

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update