Odapalika - The Fourth Estate - चौथो अंग
यी ४ प्रदेशमा आज भारी वर्षाको सम्भावना 

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थानमा भारी वर्षाको सम्भावना छ । 

हाल मनसुनको  न्यूनचापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर रहेको छ । नेपालमा हाल भारतको  मध्यप्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यूनचापीय  प्रणालीको  समेत  आंशिक प्रभावका कारण कोशी, मधेश, बागमती,  लुम्बिनी  र  कर्णाली प्रदेशका थोरै  स्थानहरूमा हल्का  देखि  मध्यम वर्षा  भइरहेको छ ।

आज दिउँसो  देशभरको मौसम आंशिकदेखि  सामान्य बदली  रहनेछ ।  बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थानहरू  तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ  गर्जनसहित हल्कादेखि  मध्यम  वर्षाको  सम्भावना  रहेको  विभागले जनाएको छ ।

शनिबार राति देशभर मौसम आंशिकदेखि  सामान्य बदली  रहनेछ । राति मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई  स्थानमा भारी  वर्षाको  समेत  सम्भावना छ ।

साथै मधेश प्रदेशलगायत बागमती,  गण्डकी  र  लुम्बिनी प्रदेशका  तराईका   भू–भागका केही स्थानमा हावा–हुरीको  पनि  सम्भावना  रहेको भन्दै भिागले सर्तकता अपनाउन भनेको छ । 
 

प्रकाशित मिति: शनिबार, भदौ २३, २०८०  ०७:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update