काठमाडौँ । संघीय सरकारले साविकको गाउँ विकास समितिहरुमा करारमा कार्यरत कृषि प्राविधिकहरुको विवरण उपलव्ध गराउन देशभरका स्थानीय तहहरुमा पत्राचार गरेको छ ।
कृषि तथा पशुपन्छी मन्त्रात्रलयले २०७२ सालदेखि स्थानीय तहमा कार्यरत कृषि प्राविधकिसहित चालु आर्थिक वर्षदेखि स्थानीय तहमा कार्यरत कृषि स्नातक र पशु चिकित्सकहरुको विवरण मागेको हो ।
स्थानीय तहमा २०७२ सालमा एक गाविस एक कृषि प्राविधिक कार्यक्रममाफृत साविकका सवै गाविसमा करारमा कृषि प्राविधिक राखिएको थियो ।
राज्य पुर्नसंरचनासँगै प्राविधिकलाई साविकका गाविसबाट स्थानीय तह भएकै पालिकामा स्थानान्तरण गरी हरेक वर्ष करार नविकरण गरिदै आएको थियो ।
अब भने सरकारले यसवर्षदेखि सुरु गरेको कृषि स्नातक कार्यक्रमसँगै मिसाएर उनीहरुको व्यवस्थापन गर्ने उद्धेश्यले देशभरका स्थानीय तहमा कार्यरत प्राविधिकको विवरण मागेको हो ।
आगामी १५ पुसभित्रमा विवरण उपलव्ध नभए आगामी आर्थिक वर्षमा यी कर्मचारीका लागि बजेट बिनियोजन गरेर पठाउन नसक्नेसमेत मन्त्रालयले स्पष्ट पारेको छ ।