Odapalika - The Fourth Estate - चौथो अंग
देशभरका स्थानीय तहसँग मागियो कृषि स्नातक र पशु चिकित्सकको विवरण 

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका सबै स्थानीय तहसँग कृषि स्नातक र पशु चिकित्सकसहितको विवरण मागेको छ । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत कृषि मन्त्रालयले एक गाविस एक कृषि तथा पशुसेवा प्रविधिक/कृषि स्नातक/पशु चिकित्सकको विवरण मागेको छ । 

कृषि मन्त्रालयको पत्रअनुसार संघीय मामिला मन्त्रालयले देशभरका सबै स्थानीय तहलाई पत्र पठाएर उक्त विवरण पठाउन भनिएको हो । कृषि मन्त्रालय पठाएको माग बमोजिमको विवरण संलग्न ढाँचाअनुसार कृषि मन्त्रालयको बजेट तथा कार्यक्रम शाखामा विवरण पठाउन भनिएको छ । 

‘...कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बजेट तथा कार्यक्रम शाखाको प.सं. २०८१/०८२. च.नं. यो. ब.का./ ७६६ मिति २०६१/०८/२८ को पत्र आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाइएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ स्थानीय तहलाई संघीय मामिला मन्त्रालयले लेखेको पत्रमा उल्लेख छ, ‘माग बमोजिमको विवरण संलग्न ढाँचाअनुसार कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बजेट तथा कार्यक्रम शाखाको इमेल [email protected] मा उपलब्ध गराई दिनुहोला ।’ 

कृषि मन्त्रालयले संघीय मन्त्रालयलाई लेखेको पत्र 

आर्थिक वर्ष २०७२/७३ को एक गा.बि.स. एक कृषि तथा पशुसेवा प्राविधिक कार्यक्रम अनुसार एक गाउँ एक कृषि प्राविधिक व्यवस्थापन कार्यविधि २०७३“ तथा “एक गाउँ एक पशु सेवा प्राविधिक व्यवस्थापन कार्यविधि २०७३ अनुसार साबिकको गाँउ विकास समितिमा रा.प.अन. द्वितिय श्रेणीमा प्राविधिक सहायक पदमा करारमा नियुक्त भई राज्य पुनर्संरचनासँगै साविकका गा.वि.स.हरु हालको जुन स्थानीय तहमा पर्दछ सोही स्थानीय तहमा कामकाज गर्ने गरी व्यवस्थापन भएका एक गा.वि.स. एक प्राविधिक र चालु आर्थिक वर्षमा कृषि स्नातक परिचालन कार्यविधि, २०८१ अनुसार करारमा कार्यरत ‘कृषि स्नातक’ तथा ‘पशु चिकित्सक’ हरुको विवरण तपसिल अनुसारको ढाँचामा २०८१/०९ / १५ गतेभित्र यस मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाको इमेलमा [email protected] उपलब्ध गराइदिने विषयमा सबै स्थानीय तहहरुमा आवश्यक सहजिकरण तथा पत्राचारका लागि मिति २०८१/०८/२८ निर्णयानुसार (सचिवस्तर) अनुरोध छ । 

 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update