Odapalika - The Fourth Estate - चौथो अंग
शनिबार विश्व ध्यान दिवस मनाउन देशभरका स्थानीय तहलाई पत्राचार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहलाई पत्र पठाएर भोलि शनिबार ( डिसेम्बर २१) विश्व ध्यान दिवस मनाउन भनेको छ । 

मन्त्रालयले बिहीबार देशभरका सबै स्थानीय तहमा पठाएको पत्रमा ‘विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति’ भन्ने नाराका पुस ६ गते विश्व ध्यान दिवस २०८१ मनाउन भनिएको हो । 

‘संयुक्त राष्ट्रसंघबाट डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा भएको सन्दर्भमा मिति २०८१/०९/०२ गतेको सचिव बैठकका निर्णयहरुको बुँदा नं. ७ मा उल्लिखित “विश्वव्यापी सद्भावका लागि आन्तरिक शान्ति“ भन्ने नाराका साथ आगामी पौष ६ गते विश्व ध्यान दिवस, २०८१ मनाउने सम्बन्धी निर्णय आवश्यक जानकारी तथा कार्यार्थ यसैसाथ संलग्न गरी पठाईएको व्यहोरा आदेशानुसार अनुरोध छ,’ पत्रमा उल्लेख छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update