Odapalika - The Fourth Estate - चौथो अंग
९ स्थानीय तहमा आधारभूत अस्पताल बन्यो, ४२५ स्थानमा निर्माण कार्य जारी

काठमाडौँ । संघीय सरकारले आफ्नो निर्णयअनुसार ९ स्थानीय तहमा आधारभूत अस्पताल बनाइसकेको छ । तीन वर्षअघि प्रदेश स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको संघीय सरकारले हालसम्म ९ स्थानीय तहमा अस्पताल बनाइसक्दा ४२५ स्थानमा बनाइरहेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताल नभएका ६५७ स्थानीय तहमा आधारभूत अस्पताल बनाउने निर्णय गरेको थियो । सरकारले पहिलो चरणमा ३९६ र दोस्रो चरणमा २६१ स्थानीय तहमा अस्पताल बनाउने निर्णय गरेको थियो । 

४७ स्थानीय तहमा सम्झौताअनुसार रकम निनियोजन भइसकेको छ भने चालु आर्थिक वर्षमा ८४ स्थानीय तहमा अस्पताल निर्माणका लागि ४ अर्ब ४३ करोड रुपैयाँ पठाइसकेको मन्त्रालयले जनाएको छ । 

३९६ स्थानीय तहमा निर्माणको स्रोत सुनिश्चित भइसकेको छ भने २६१ स्थानीय तहमा अस्पताल निर्माण गर्न स्रोत सुनिश्चत भइनसकेको मन्त्रालयले जनाएको छ । 

हालसम्म ३९६ स्थानीय तहमा अस्पताल बनाउन ५१ अर्ब ८४ करोड ५५ लाख रुपैयाँ र २६१ स्थानीय तहका लागि ३ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update